काठमाडौँ : काठमाडौँको टुँडिखेलमा माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको दुइ वटा कार्यक्रमले गर्दा उक्त क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
सामान्य दिनमा पनि व्यस्त रहने उक्त सडक सक्रान्तिको कार्यक्रमले अस्तव्यस्त बनेको हो । दुई कार्यक्रम एकै स्थानमा भएपछि सवारी व्यवस्थापनमा चुनौती थपिएको हो । सवारी व्यवस्थापनमा समेत कमजोरी देखिँदा सडक जाम भएको छ । जसले गर्दा कार्यक्रम सकेर घर फर्कने यात्रुसमेत विचल्ली परेका छन् ।