काठमाडौं । आज पौष शुक्लपूर्णिमादेखि एक महिना लामो स्वस्थानी व्रत कथा सुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक स्नान गरी स्वस्थानी व्रत एवं कथा वाचन गर्छन् ।
पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । स्वस्थानीको पहिलो दिन आज बिहानै नजिका नदीमा स्नान गर्नेहरूको भीड लागेको छ ।
तस्विर : फोटो लाइब्रेरी