सल्यान । सल्यानमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरिएको छ ।
दाङको घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिकाको थारमारेस्थित ठिनबाङ्ग खोलामा दुर्घटना हुँदा घाइते भएका नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङमा पठाइएको हो ।
गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका–४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसीपुर उपमहानगरपालिका–१० बिजौरी बस्ने वर्ष २९ का कृष्ण चौधरी, नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसीपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका–७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
बुधबार बिहान पौने ११ बजे यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।