आजको प्रतिनिधिसभा बैठकमा को सांसदले के बोले ?

सिधाकुरा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाएका छन् । सांसदहरुले जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

बैठकमा सांसद दामोदर पौडेल बैरागीले वर्षायाम सुरु भएसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढिरहेकाले त्यसको न्यूनीकरणका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले प्राकृतिक विपद्का समस्याबाट पीडित नागरिकलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन  माग गरे । 

सांसद दीपकबहादुर सिंहले बाढीपहिरो र डुबानले देशभर समस्या देखिएको उल्लेख गर्दै दैवी प्रकोप उद्धार र विपद् व्यवस्थापनसम्बन्धी निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताए । 

देशभर वर्षायाममा हुने विपद्जन्य घटनाबाट चार लाख १२ हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएकाले त्यसको व्यवस्थापन गर्न  सरकारसँग माग गरे । 

यस्तै सांसद विमला सुवेदीले विपद्मा परेकाहरुको राहत, उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराइन्  ।

सांसद प्रभु हजराले न्यून आर्थिक अवस्था भएको दलित समुदाय डुबान, बाढीपहिरोबाट बढी जोखिममा रहेको बताए । 

सांसद नागिना यादवले सिरहा र सर्लाली जिल्ला डुबानको उच्च जोखिममा रहेकाले ती जिल्लामा विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद विन्दवासिनी कंसाकारले वर्षायाममा विषालु च्याउ खाएर धेरै व्यक्ति बिरामी हुने गरेको र अकालमा ज्यानसमेत गुमाउनु परेको विगतको अवस्था दोहोरिन नदिन विषालु च्याउ पहिचानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने बताइन् । 

यस वर्षमात्र विषालु च्याउ खाएर मकवानपुर जिल्लामा एक जनाको मृत्यु भएको र देशभर १६ जनाभन्दा बढी बिरामी भएको जानकारी दिइन् । 

यस्तै, आजको बैठकमा शून्य समयमा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले प्रतिनिधिसभाको काम कारबाही प्रभावकारी हुन नसकेको बताए । विधेयक अधिवेसन र बजेट अधिवेसन दुवै प्रभावकारी हुन नसकेको उनको भनाई थियो । 

सांसद तेजुलाल चौधरीले संसद्मा उठाइएका समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरे । 

यस्तै सांसद तारा लामा तामाङले सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी नदिएका कारण समस्या उत्पन्न भएको बताइन् । उनले सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नदिँदा उनीहरुले बैंकको कर्जा तिर्न नसकेको र मानसिक समस्यासमेत खेप्नु परेको दाबी गरिन् ।

सांसद दीपा शर्माले नेपाल मानव बेचबिखनको जोखिम उच्च रहेको मुलुकको सूचीमा रहेको उल्लेख गर्दै मानव बेचबिखनका घटना घट्न नदिन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली युवा रुसी सेनामा भर्ती हुनेक्रम नरोकिएको उल्लेख गर्दै भर्ती भइसकेका नेपालीलाई स्वदेश फिर्ता गर्नका लागि सरकारले गरिरहेका कदमबारे संसदमार्फत् सरकारको जवाफ माग गरे ।

सांसद दुर्गा राईले मुलुकमा भष्ट्राचार बढेको र आर्थिक सुशासन कायम हुन नसकेको विषय संसद्मा उठाइन् । भष्ट्राचार न्यूनीकरणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न आवश्यक रहेको उनको भनाई थियो । 

सांसद दुर्लभ थापा क्षेत्रीले अरनिको राजमार्गको भक्तपुर क्षेत्रमा विस्तारको काममा ढिलाइ भइरहेको र यसले यातायात व्यवस्थापनमा समस्या भएको गुनासो गरे । 

सांसद देवेन्द्र पौडेलले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त घण्टाघर र त्रिचन्द्र क्याम्पस पुनःनिर्माण ढिलाइ भएको विषय संसद्मा उठाए । भारतीय एक्जिम बैंकसँग त्रिचन्द्र क्याम्पससहित ३८ क्याम्पसका लागि ऋण सहयोग लिने सम्झौता भएकामा त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

सांसद निशा डाँगीले शिक्षा क्षेत्रमा सरकारले ठूलो रकम छुट्याउने गरेको भए पनि सरकारी विद्यालयको नतिजा कमजोर देखिएको बताइन् । माध्यमिक शिक्षा परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा को जिम्मेवार छ भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनको भनाइ थियो । 

सांसद पूर्णबहादुर घर्तीमगरले रुकुमकोटको सभाहल निर्माणका लागि ठेक्का पाएको कम्पनीका लागि तीन पटक म्याद थप गरिए पनि अझै उक्त आयोजनाको काम अघि बढ्न नसकेको विषय संसद्मा उठाए ।

सांसद प्रतिमा गौतमले डेडिकेटेड ट्रङ्कलाइनको विवाद चाँडो सुल्झाइनुपर्ने र यस विषयमा सरकारले गठन गरेको गिरीशचन्द्रलाल नेतृत्वको सुझाव प्रतिवेदन कार्यान्वनको माग गरिन् । 

सांसद प्रतिक्षा तिवारीले मधेश प्रदेशलाई आँप जोन घोषणा गर्न माग गरिन् । छिमेकी मुलुकबाट आयातित आँपका कारण नेपालमा उत्पादित आँपले बजार पाउन नसकेकाले आयात रोक्नुपर्ने उनको भनाइ थियो ।

सांसद प्रदीप पौडेलले सवारी साधनको स्मार्ट लाइसेन्स पाउन ढिलाइ भएको विषयमा संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । स्मार्ट लाइसेन्स छाप्नका लागि प्रिन्टर र जनशक्ति थप्न तथा प्रदेशबाट पनि वितरण गर्ने व्यवस्था मिलाउन माग गरे । 

आजको बैठकमा शून्य समयअघि आकस्मिक समयमा बोल्दै सांसद शान्ति विकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित ज्योति माध्यमिक विद्यालयमा पढ्ने एक बालिका शिक्षकबाटै हिंसामा परेको विषय संसद्मा उठाइन् । 

सांसद विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले सेवा अवरोध गरेको विषय संसद्मा उठाइन् । उनले प्रतिष्ठानका कर्मचारीको सुरक्षा प्रत्याभूतिको  माग गरिन् ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....