काठमाडाैँ । २ दिनदेखि केन्द्रीय सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयमा सेवाग्राही भिड लागेको छ । आइतबारदेखि डाउन भएको यातायात व्यवस्था विभागको सर्भर आजबाट चल्न थालेको छ । झण्डै दुई दिन सर्भर डाउन भएर मंगलबारबाट रोकिएको काम सुरू भए पछि यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड लागेको छ ।
ठूलो भर्याङ्स्थित यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो ।
सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका थिए । बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायतका काम ठप्प भएका थिए ।