भारतमा कोभिड–१९ को नयाँ भेरिन्ट फेला परेको छ ।
यसअघि चीन र अमेरिकामा देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ भारतका विभिन्न राज्यमा देखा परेको हो । जसका कारण केरलामा ४ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ का १,३२४ सक्रिय केस भएको केरलामा नयाँ भेरियन्ट देखिएसँगै केरला प्रशासनले राज्यमा कोभिडका बढ्दो केसहरूबाट नडराउन नागरिकमा अपिल गरेको छ ।
त्यस्तै प्रशासनले राज्यमा परीक्षण दर उच्च भएकाले सङ्क्रमण बढेको समेत बताएको छ ।
डिसेम्बर महिनाको सुरुवातमा हल्का इन्फ्लुएन्जा भएकी ७९ वर्षीया महिलामा यो सङ्क्रमण देखिएको थियो ।