१५ भदौ सिन्धुपाल्चोक, चीनसँगको उत्तरी नाका तातोपानी नाका सर्वसाधारणका लागि आजबाट खुलेको छ ।
महाभूकम्प र त्यसपछिको कोरोनामा महामारीका कारण पूर्णरुपमा बन्द भएको तातोपानी नाका शुक्रबार भोटेकोशी सीमाक्षेत्रका ३० जना नेपालीलाई चिनियाँ क्षेत्र प्रवेश गराएर सर्वसाधरणका लागि नाका खुलेको घोषणा गरिएको हो ।
चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने छन् ।
खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ । स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।
तातोपानी नाकाबाट यसअघि १५ जेठ २०७६ मा आयात र वैशाख १८ देखि निर्यात खुलेको थियो ।