काठमाडाैँ । झापाको सरकारी जग्गा हडपेर व्यक्तिगत सम्पत्ति बनाएको अभियोगमा अदालतले दोषी ठहर गरेका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी पार्टीको जारी विधान सम्मेलनमा सहभागी भएका छ्न ।
उनले झापाको दमक नगरपालिका १३ को सरकारी सम्पत्ति हडेपेको विशेष अदालतले ठहर गरेको थियो । त्यस्तै उनको ४ करोड रुपैँया श्रोत नखुलेको अदालतको ठहर छ । तर उनै नेता पुरी माओवादीको विधान सम्मेलन खुल्लम खुल्ला सहभागी भएका हुन् ।
पुरी, उनकी श्रीमतिसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएपनि गत माघ २८ गते विशेष अदालतले उनी र उनकी श्रीमतिलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गरेपनि पार्टीले आफूलाई कारबाही नगरेको भन्दै पुरी सम्मेलनमा सहभागी भएका हुन् ।
अरु त अरु मंगलबारबाट सुरु भएको विधान सम्मेलनमा विभिन्न २० समूह बनाएर छलफल गरिएको छ । समूह १९ मा अदालतले दोषी ठहर गरेका पुरी पनि संलग्न छन् । जुन समूहको संयोजकत्व सुमन देवकोटाले गरेका छन् ।