प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ। बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।
बिहान नौ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, नेता घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी रहेका छन्।
बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ ।
२०८० असार ४ गते गठन भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी संलग्न छन्।