काभ्रे : कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।
गएराती आफ्नै घरमा हिटर र कोइला बालेर सुतेका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन्। उनकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बिहान ढिलासम्म नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबैलाई बेहोस अवस्थामा फेला पारेपछि उनीहरुलाई धुलीखेल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेको हो ।
बेहोस अवस्थामा अस्पताल पुर्याइएकी असनी लामाको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको पाइएको छ।