काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्वन्धित रहेको गाँजा सम्बन्धी मुद्दाको सुनुवाई छिटो हुनु पर्ने माग गर्दै भद्रकालीमा प्रदर्शन भएको छ । नेपाल फार्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाखभियान समुहले शनिवार भद्रकालीमा प्रदर्शन गरेको हो । उनीहरुले बिभिन्न प्ले कार्डहरु प्रदर्शन गरेका थिए । नेपालको कानुनले गाँजालाई प्रतिबन्ध गरेको छ । यद्यपी औषधिजन्य प्रयोगको लागि गाँजाको व्यवसायिक उत्पादन गर्ने सरकारको तयारी छ ।
मंसिर ९, २०८१ आइतबार |