काठमाडौँ । मङ्गलबार सेयर बजारमा ठूलो अङ्कको करेक्सन आएको छ। एक महिना देखि निरन्तर बढिरहेको बजारमा आज १४५ अङ्कको करेक्सन आएको हो ।
मङ्गलबार १४५. ०५ अर्थात ५.१८ प्रतिशतले घटेर सेयर बजार परिसूचक नेप्से २६ सय ५१ मा झरेको छ। आज दोस्रो बजारमा कुल २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
घटेको बजारमा १८८ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।