भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा पुननिर्माणपछि मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको उक्त हल पुनःनिर्माण भएसँगै बुधबारबाट त्यहिँ मन्त्रिपरिषद्को बैठक बस्न थालेको हो ।
भूकम्पपछि क्षति पुगेको उक्त भवन रेट्रोफिटिङ पश्चात केही महिनाअघिबाट मात्र सञ्चालन गरिएको थियो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।