बुुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य सोमबार मुख्यमन्त्री बनेका थिए । साथै लोसपा, नाउपा, जनमत, जसपा, जसपार्ले समर्थन गरेका छन् ।
आचार्य एमाले संसदीय दलको उपनेता हुन् । उनको शपथ ग्रहणमा पूर्व मुख्यमन्त्रीहरु उपस्थ्ति भएपनि एमालेकै संसदीय दलका नेता लीला गिरी भने उपस्थित भएनन् । मुख्यमन्त्री नियुक्तीका लागि गिरीको नामको सिफारीस पत्र तयार भैसकेपछि गिरीको नाममा टिपेक्स लगाएर नेकपा एमालेको केन्द्रले हस्तक्षप गर्दै उपनेता आचार्यलाई नियुक्तीका लागि सिफारीस गरेको थियो ।
शपथ ग्रहणसँगै मुख्यमन्त्री आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन ।
मुख्यमन्त्रीसँगै नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् भने
नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले शपथ लिएका छन् ।