जनकपुरधाम । उपप्रधान एवंम गृहमन्त्री रवि लामिछानेले जनकपुर पुगेर मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् ।
जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन् जनकपुरधाम पुगेका लामिछानेले मिटरब्याज पीडितसँग यसअघि भएको सहमति कार्यान्वयनको अवस्थाका बारे छलफल गरेका थिए ।
मिटरब्याज पीडित संघका अध्यक्ष अवधेस कुशवाहा सहितको टोलीसँग भेटी सहमति अनुसार पीडितलाई जिल्लामा समन्वयको अवस्था बुझेका थिए । छलफलमा मिटरब्याज पीडितहरूले सहमति भएपछि जिल्लामा प्रभावकारी काम नभएको गुनासो गरेका थिए ।
साथ आयोग गठनको निर्णय भएपनि काम प्रभावकारी नभएको असनतुष्टी व्यक्त गरेका थिए । अहिले पनि साहु महाजनले दबाब र धम्की दिन नछोडेको भन्दै सुरक्षा प्रत्याभूति गराउन आग्रह गरेका थिए ।
जवाफमा गृहमन्त्री लामिछानेले आयोगको काम अघि बढेको बताउँदै कानुनी जटिलताका कारण ढिलाई भएको बताएका थिए । जिल्लामा समन्वय गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।