काठमाडाैँ : नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि ७ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह रहेका छन्।
मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार निर्देशन दिइएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष समेत निकालेको छ ।