काठमाडाैँ । विभिन्न विषयमा सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरुको एक समूहले काठमाडौँको बालुवाटार नजिकै प्रदर्शन गरेका छन् ।
अब बोल्छ नेपाल लेखिएको व्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।
त्यस्तै विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरुको सम्पत्ति छानविनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरुको माग छ । उनीहरुले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।