काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेलरमट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।
मूल्य घटेसँगै आज राति देखि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेलरमट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढे पनि उपभोक्ताले भने बढेको मूल्य तिर्नु पर्दैन ।
उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँमै पाउने छन् ।