काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जारी थुनछेक बहसमा रविकोतर्फबाट भएको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसमा रविकातर्फबाट ५ जना अधिवक्ताहरुले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ताद्धय सुशील पन्त र रमन श्रेष्ठ, अधिवक्ताहरु सुरेन्द्र थापा, सुरज बस्नेत र राजेन्द्र सेढाईंले बसह गरेका थिए । उनीहरुको रविलाई थुनामुक्त गर्न माग गर्दै मुद्दाको प्रक्रियामै त्रुटी भएको बताए ।
अहिले सरकारी वकिलहरुले जबाफी बहस सुरु गरेका छन् । जबाफी बहस सकिएपछि सम्भवत आजै थुनछेकको आदेश आदेश हुनेछ।