२८ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवमं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । अहिले नेम्वाङको पार्थिव शरीर फूलमालाले सजाइएको चितामा राखिएको छ ।
परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । अहिले दाहसंस्कार गरिने लागिएको छ ।
संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ । उनीहरु हातमा फूलमाला लिएर लामबद्ध छन् ।