धनुषा । सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ मा मृत अवस्थामा भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ । सहनीकी श्रीमती अस्मिता शर्माको उपचारको क्रममा गयराती निधन भएको हो ।
सहनी सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित सडक छेउको गहुँ खेतमा मृत अवस्थामा र उनकी श्रीमति सोही स्थानमा अचेत अवस्थामा फेला परेका थिए । सख्त घाइते अवस्थामा फेला परेकी अस्मितालाई उद्धार गरि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएको थियो । उपचारकै क्रममा उनको सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कुमार कार्कीले सिधाकुरालाई जानकारी दिए ।
३ महिनाअघि प्रेम विवाह गरेका उनीहरु महेन्द्रनगरमा डेरा लिएर बसेका थिए । आइतबार ससुरालीबाट श्रीमतीलाई लिएर मोटरसाइकलमा महेन्द्रनगर हिँडेका उनीहरु बाटोमा मृत र घाइते अवस्थामा फेला परेका हुन् ।