काठमाडाैँ । बाल श्रम शोषणसँगै बलात्कार आरोप लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले बालिका बलात्कार आरोपी शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत शिवाकोटीले रौतहट स्थायी घर भएकी एक बालिकालाई ६ वर्षकै उमेरमा पढाउने बढाउने सर्तमा काठमाडौँ ल्याएका थिए । तर जब ति बालिका ८ वर्ष पूरा भइन, त्यसपश्चात उनीमाथि इन्स्पेक्टर शिवाकोटीले बारम्बार बलात्कार गरेको आरोप छ । हाल १३ वर्ष पुगेकी ति बालिकालाई ति इन्स्पेक्टरले विगत ५ वर्षदेखि बारम्बार बलात्कार गरेको आरोप छ ।
आफूविरुद्ध भएको शोषणबाट मुक्ति पाउने आशामा ति बालिकाले काठमाडौँ महानगरपालिकामा सम्पर्क गरेकी थिइन् । महानगरपालिकाको बाल उद्दार टोलीले ति बालिकाको उद्धार गर्नुका साथै प्रहरी इन्स्पेक्टर शिवाकोटीलाई काठमाडौँ प्रहरी परिसर अन्तर्गतको स्वयम्भू वृत्तको जिम्मा लगाएको थियो ।
सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।
सम्बन्धित समाचार :
रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ