३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका चिकित्सिकहरुले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेका छन् । आन्दोलनरत किकित्सकहरुले कतिपय ठाउँहरुमा प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् ।
चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गरेपछि बिरामीहरु भने मर्कामा परेका छन् । स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामी आन्दोलन कारण सेवा नपाएपछि फर्कन बाध्य भएका छन् ।
बुधबार हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ थिए । तर उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
घटनामा संलग्नलाई कारवाही गर्न चिकित्सक संघले ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर चिकित्सकहरुले आन्दोलन नरोक्दा बिरामी भने समस्यामा परेका छन् ।