काठमाडौं । संघीय संसदअन्तर्गतकाे आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बाट बस्दैछ । आजकाे
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्दैछन् ।
त्यसभन्दा अघि सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे ससद सचिवालयले जनाएकाे छ ।