भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो चार्टर्ड उडान भएको छ । चीनको सिञ्जेन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवामा हिमालय एयरलाइन्सको जहाजले चार्टर्ड उडान भरेको भैरहवा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यकाअनुसार १७० चिनियाँ यात्रु बोकेको हिमालय एयरलाइन्सको जहाज बिहीबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो । धार्मिक पर्यटक बोकेर आएकोे सो जहाज शुकबार नै चीन फर्केको छ । बज्राचार्यका अनुसार भैरहवा विमानस्थलमा यो चीनबाट भएकोे पहिलो सिधा उडान हो ।
शुक्रबार चीन फर्केको टोलीलाई बिदाइ गर्न नेपालका लागि चिनियाँ राजदूत छेनसोङ भैरहवा विमानस्थल पुगेका थिए । चीनबाट नेपालको भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो सिधा उडान सम्पन्न भएको उनले ट्वीटरमा लेखेका छन् । नेपाल चीन धार्मिक सांस्कृति आदान प्रदानको सेतु अन्र्तगत चिनियाँ भूमीसँग सिधा लुम्बिनी जोडिएको राजदूत सोङले ट्वीटरमा भनेका छन् ।