काठमाडाैँ । छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ।
१८ वर्षीय छोरा भरत बुढाको सोमबार राति घर नजिकै हत्या गरी भारतर्फ भाग्दै गरेको अवस्थामा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनी कैलालीको टीकापुर नगरपालिका–१ को लम्कीपुर नजिकैबाट समातिएका हुन्। उनलाई प्रहरीले कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा उनले छोराको हत्या गरेको स्विकार गरेका छन् । छोरीको बलात्कार गरेको भन्दै छोराले प्रहरीमा आफूविरुद्ध जाहेरी दिएको र आफूलाई मार्ने धम्की दिएका उनको हत्या गरेको बयान दिएका हुन् ।