राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूकम्प पीडितको उपचारका लागि २ टोली स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ ।
भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेर स्वास्थ्यकर्मी पठाएको हो । स्वास्थ्यकर्मी लानका लागि पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीले नेतृत्व गरेका छन् ।
उनीहरुले छुट्टाछुट्टै २ टोली लिएर जाजरकोट प्रस्थान गरेका छन् भने राहत सामाग्री लिएर केन्द्रिय सदस्य दिपक बोहोरा जाजरकोट गएका छन् ।
यसअघि नै पार्टी सभापति रवि लामिछाने पाल्पाबाट जाजरकोट प्रस्थान गरिसकेका छन् । पार्टीका जिल्ला सभालाई सम्बोधन गर्न तानसेन पुगेका उनी शनिबार बिहान कार्यक्रम स्थगित गरेर जाजरकोट गएका हुन् ।