२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बढुवा भएको नगर प्रहरी हवल्दारलाई २ महिनासम्म पनि दज्र्यानी चिह्न नलगाइदिदा ४२ जना हवल्दार निलम्बनमा परेका छन् ।
महानरपालिकाले ४२ जना नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । तर २ महिनासम्म पनि दज्र्यानी चिह्न नपाएपछी उनिहरु आँफैले अभिवावकबाट असईको दज्र्यानी चिह्न पहिरिएका थिए ।
उनिहरुले नगर प्रहरीको अनुशासन उलंघन गरेको भन्दै निलम्बन गरिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार उनिहरुको हवल्दारको तह बढुवा भएपनि असई भएका थिएनन् ।