काठमाडाैँ । कपडा धोएर सुकाउन जाने क्रममा ललितपुरमा एक महिला इनारभित्र खसेकी छिन् ।
प्रहरी परिसर ललितपुरका अनुसार इनारभित्र खसेकी २८ वर्षीया न्युटन प्रधानको उद्धारको पहल भइरहेको छ।
दोलखा घर भएकी उनी ललितपुरको इमाडोलमा बस्दै आएकी थिइन् । सोमबार लुगा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँचिएर उनी इनारमा खसेकी हुन् ।
उनको उद्धारका लागि नेपाल प्रहरीको विपद् उद्धार टोली परिचालन गरिएको बताइएको छ ।