काठमाडौँ । तनहुँमा भएको भारतीय पर्यटक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका थप १५ जना घाइतेकाे उद्धार भएकाे छ । शुक्रबार बिहान आँबुखैरेनीस्थित ऐना पहरा छेउबाट भारत उत्तर प्रदेशकाे यूपी ५३ एफटी ७६२३ नम्बरकाे बस मर्स्याङ्दी नदीमा खसेको थियाे ।
दुर्घटनास्थलमा उद्धारमा खटिएका प्रहरी अधिकारीकाअनुसार अहिलेसम्म १४ जनाको शव निकालिएको छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ। दुर्घटनामा परेको बस ४० जना भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौँ आउँदै थियो ।