तीज पर्वको परम्परा जोगाउनै गाह्रो

सिधाकुरा

१ असोज, भक्तपुर - आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । ‘भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो’, उनले हाँस्दै सुनाइन्, ‘दर खाने दिनसम्म नै यो क्रम चल्यो ।’ 

भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउँछिन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उनी राम्रो ठान्दिनन् । उनी भन्छिन्, ‘तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।’

अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उनी त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताउँछिन् । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उनको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झिन्छिन् ः 

‘हे... बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’

‘दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो’, ती दिन सम्झँदै मीनाले भनिन्, ‘साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।’ उनको पुख्र्यौली घर अर्घाखाँची हो । 

तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उनले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गर्नुभयो । 

‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी

दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी’


‘दुई दिन माइत जान पाइन तीजका बेलामा

म चेलीको आँसु झ¥यो दैलो ठेलामा ।’

गोरखाको मैलुङमा बाल्यकाल बिताएका मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुन्छिन् । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उनीसँग छ । उनले बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उनको अनुभव छ । 

‘दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो’, विगत सम्झँदै राधिकाले भनिन्, ‘भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।’

राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उनीहरुको तर्क छ । 

वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउँछिन् । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उनी भन्छिन्, ‘परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।’ धर्म र पर्वको सही प्रयोग गर्न सके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवद्र्धन हुनसक्ने दाहालको भनाइ छ । 

तीज र यस्तै हाम्रा धार्मिक सांस्कृति पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।  

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||