एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
सरकारी प्रक्रिया पूरा नगरी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले गत मंसिर २१ गते उच्चस्तरीय समिति गठन गरेको थियो । सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।
उक्त प्रकरणमा सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य रहेका थिए ।
मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।