एनसेल बिक्रीको बैधानिकता के हुन्छ ? - लेखा समितिका नौ प्रश्न

सिधाकुरा

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर बिक्रीको विषयमा सार्वजनिक लेखा समितिले चासो राखेको छ । एनसेलको लगानीकर्ता मलेसियन टेलिकम कम्पनी एक्जियटाले एनसेलमा रहेको सेयर युकेको स्पेक्ट्रलाइट युकेलाई खरिद भएको भन्दा ९६ प्रतिशत कम मूल्यमा बिक्री गरेको थियो । 

यो खरिद बिक्रीलाई शंकास्पद ठान्दै सार्वजनिक लेखा समितिले नियमनकारी निकायसँग ९ बुँदे प्रष्टीकरण सोधेको छ । 

समितिले आइतबार आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रश्न गरेको छ, ‘‘नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?’’

तीनवटै निकायलाई पठाएको नौबुँदे पत्रमा भनिएको छ, ‘‘कानुन बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ?’’

त्यसअतिरिक्त ऐनसेल सेयर खरिद–बिक्रीका हकमा यसअघि भएको कारोबार भन्दा निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रुपमा लिएको छ ?

समितिले सरकारी निकायलाई पठाएको नौबुँदे पत्रको पूर्ण विवरण ः

१) मलेसियन टेलिकम कम्पनी एक्जियटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण सेयर) बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट कम्पनीलाई शुक्रबार बिक्री गरेको भनी खरिद–बिक्री सम्झौता तथा प्रेस विज्ञप्ति जारी भएको देखिन्छ । प्रस्तुत विषयको आधिकारिकता के हो ?

२) एनसेलको विदेशी होल्डिङ्ग कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानूनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ?

३) दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद–बिक्री गर्नुअघि नेपाल दुरसञ्चार प्राधिकरणको स्वीकृति र नेपाल दुरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ ९क० बमोजिम सेयरधनीको सेयर खरिद–बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन ? उल्लिखित परिपालना नभएको अवस्थामा कानुन बमोजिम के कारबाही हुन्छ ?

४) यसअघि भएको कारोबार भन्दा निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रुपमा लिएको छ ?

५) बिक्रीकर्ता कम्पनीले दोहोरो कर नियमनकारीको अनिश्चितता, लाइन्सेसको म्याद सकिँदा उत्पन्न हुने अतिरिक्त जोखिम, लाइसेन्सको म्याद सकिएपश्चात उक्त हिस्सा नेपाल सरकारले लिन सक्ने सम्भावना, नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको कारण कम्पनीको अस्तित्व नै खतरामा आउने कारण उल्लेख गरेको सन्दर्भमा यसबाट नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के–के हुन् ? र यस सम्बन्धमा तहाँ निकायको धारणा के हो ?

६) पछिल्लो सेयर कारोबार गर्दा पूर्व कारोबारको सेयर पुँजीभन्दा निकै घटेर स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा र नेपालबाहिर यसरी स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ ? करदाता ९ठूला करदाता भएकोले० ले सेयर बिक्रीसहित यति रकम तिर्छु भनी स्वः घोषणा गरेको छ वा छैन ? यस्तोमा आन्तरिक राजश्व विभागले ‘जियोपार्डी एस्सेसमेन्ट’ गर्ने गरेको छ वा छैन ? आयकर ऐन, २०५८ अनुसार पुँजीगत लाभकर प्राप्त हुने वा नहुने र दफा ५७ अनुसारको स्वामित्व हस्तान्तरण कर प्राप्त हुन्छ वा हुँदैन ?

७) ५ करोड भन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले सेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको देखिँदैन । एनसेलको सेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ, यस सम्बन्धमा सम्बन्धित निकायको भनाई के छ ?

८) नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिई भएको भन्ने सुनिन आएकाले यो खरिद विक्रिको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाई रहेको छ ?

९) लगभग ६ वर्षपछि कानुन बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....

  • ‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SIDHAKURA ||
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....

Current Affairs

सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री....

  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||
  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक LIVE
  • गाउँमा लााास उठाउने कोही भएनन्अनि मनमायाले काँध थापिन् || SIDHAKURA ||
  • २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने ||....
  • BIG SCAM श्री केश तेल EXPOSE: झुटाे लालच देखाएर लाखाैँ उपभाेक्ताबाट कराेडाैँ....
  • बालेनले गरे नगर प्रहरीको प्रशंसा || SIDHAKURA ||
  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....