यूराेपेली मुलुक बेल्जियममा बढ्दो चोरी, निसानामा नेपालीको घर

सिधाकुरा

सन्तोष न्यौपाने, बेल्जियम । केही साताअघि लुभेन निवासी नन्द घले कामका लागि घरबाट कार्यालय निस्किए । श्रीमान् काममा गएपछि उनकी श्रीमतीले छोराछोरीलाई मन्टेस्वरीमा छोडेर उनी पनि काममा निस्किइन् । जब, उनीहरु कामबाट घर फर्के तब घरको स्थिती उनीहरुले सोचे भन्दा बेग्लै भइसकेको थियो । 


घरमा चोर पसेर गरगहना र घरमा भएको रकम लिएर गएछ । घले परिवारका अनुसार घरको पछाडिको ढोका फोडेर चोर पसेका थिए । उनीहरुले तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले सो चोरी प्रकरणमा अहिले अनुसन्धान गरिरहेको छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । बितेको एक महिनामा आधा दर्जन नेपालीको घरमा चोरी भएको छ । गरगहना लगाउने नेपाली शैलीलाई पच्छ्याएर चोरहरुले सुनका गहना, महंगा लत्ता कपडा, नेपाली रुपैयाँ तथा युरो लिएर जाने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

युरोपियन मुलुक बेल्जियममा चोरीका घटना निरन्तर हुन्छन् भन्दा तपाईँ हामी धेरैलाई विश्वास नलाग्न सक्छ । तर, विगत लामो समयदेखि यो घटना नेपालीहरुको घरहरुमा लक्षित गरेर भइरहेको छ । लुभेन सहरमा धेरै नेपालीहरुको बसोबास रहेको छ । चोरले नेपालीका घरलाई लक्षित गरेर चोरी गरिरहेको देखिएको चोरीको घटना भोगेका नेपालीहरु बताउँछन् । 

गत वर्ष लुभेन निवासी पदम गुरुङ्गको घरमा पनि दिउँसै चोरी भएको थियो । त्यतिबेला उनकी श्रीमती मिरा नेपाल थिइन् भने छोरा–छोरी आफ्नो काममा बाहिर थिए । उनीहरुको घरबाट चोरले घर फोरेर ठूलो धन राशिका गरगहना, कपडा, रकम लिएर गएका थिए । यो केसमा पनि प्रहरीले आफ्नो अनुसन्धान गर्यो तर चोर फेला पार्न सकेन ।

पीडित नन्द घलेका अनुसार बेल्जियममा घरको इन्सुरेन्स गरिने हुदाँ केही रकम उनीहरुले बेहोर्छन । तर, बच्चाहरुले खुत्रुकेमा जम्मा गर्ने रकम, क्यास रकम, अनी सुन लगायतका गरगहनाहरुको भने उनीहरुले दिदैनन् । जसका कारण ठुलो क्षति बेहोर्नु पर्दछ ।  

चोरीका घटनाबारे लुभेन शहरस्थित प्रहरी कार्यलयमा सम्पर्क गर्दा उनीहरुले अघिल्लो वर्ष भन्दा चोरीका घटना बढेको बताए । विशेष गरेर शैक्षिक संस्था, ग्यारेज, एकल स्थानमा रहने घरहरुमा चोरी बढेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार सन् २०२३ मा यो शहरमा २०९ घरमा चोरी भएकामा त्यो अहिले बढेर २६२ पुगेको छ । अघिल्लो वर्षको चोरीका घटनाहरु पछिल्लो १५ वर्षयताकै दोस्रो कम संख्या हो तर सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो । 

नगरपालिका  र प्रहरीले सचेतना अभियानमार्फत  नागरिकहरूलाई सतर्क रहन र चोरहरूबाट बच्न प्रोत्साहित गरिरहेको छ । ‘सबै नगरिकहरुलाई घर सुरक्षाका बिभिन्न उपायहरु अबलम्बन गर्ने अनुरोध छ । चोरी नियन्त्रण गर्न हामी लागि लागिपरिरहेका छौँ’ लुभेन प्रहरीले भनेको छ । 

लुभेन शहरमा नेपालीहरु चोरीको घटनामा पर्नु कारण चोरहरुले नेपालीहरुको आनीबानी  र संस्कारलाई कमजोरीको रुपमा देखेको हुनसक्ने अनुमान गरिन्छ । नेपालीहरुले गर्ने कार्याक्रमहरुमा गरगहनाको प्रर्दशनी र तडक भडक देखिने र त्यसलाई चोहरुले कमजोरीका रुपमा लिएको हुनसक्ने बताइन्छ ।

यसै विषयमा एन आर एन बेल्जियमकी अध्यक्ष सीता सापकोटाले सबै सचेत भएर घरको सुरक्षामा लाग्नुपर्ने बताउँछिन् । ‘बिभिन्न कार्यकर्ममा जाँदा गरगहना धेरै नलगाउने, घरमा विशेष क्यामेरा जोड्ने, महत्वपूर्ण समान बैंक लकरमा राख्ने गर्नुपर्दछ,’ सापकोटा भन्छिन् ।

प्रतिक्रिया

The Reporter

यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||

  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने....

  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||
  • झापामा नो केबलकार समूह र प्रहरीबीच झ*ड*प, ४ जना पक्राउ || SIDHAKURA....
  • रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै छन्’ || SIDHAKURA ||
  • रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ? : राजेन्द्र लिङ्देन....
  • यी ६ काण्डको संसदीय छानबिन समिति चाहिन्छः स्वर्णीम वाग्ले || Swarnim Wagle....
  • दम छ भने मैले भ्रष्टाचार गरेको एउटा प्रमाण ल्याइयोस: केपी शर्मा ओली....
  • संसद्‌‌मा आकस्मिक समयको माग गर्दै रास्वपाको विरोध || SIDHAKURA ||
  • ट्रोल गर्दा जेल ? यो त अत्ति भयो - अधिवक्ता बाबुराम अर्याल....
  • 'सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको प्रश्न संसदमा उठ्छ' || SIDHAKURA ||
  • सहिदहरुले राणाबाट देश जोगाए, अहिले नेताले कब्जाले गरे || SIDHAKURA ||
  • पाथिभरामा केबलकार बनाउनुपर्छ: योगेश भट्टराई || SIDHAKURA ||
  • कांग्रेसका सचेतकले सरकार त अध्यादेशबाटै चलाउने भनेपछि... || SIDHAKURA ||
  • ‘अब यस्तो घटना कहिल्यै नदोहोरियोस्’ || SIDHAKURA ||
  • मैले खोक्न पाको छैन ICU मा देखाए, त्यो आश पुन्नेवाला छैनः प्रधानमन्त्री....
  • शत्रु लागेको भन्दै रविलाई वृद्ध आमाको जन्तर, रवि किन गए उच्च अदालत....