काठमाडौँ । काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित उक्त बस बिसौनी संचालनमा आएको हो ।
बानेश्वरबाट बबरमहलतर्फ आउँदातर्फको अल्फाबिटा नजिकै रहेको बिसौनी आजबाट सञ्चालन आएको हो भने बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने भएको छ ।