काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने कानुन संसोधन गर्ने निर्णय संसोधन गर्ने निर्णय गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयसँगै ११ ओटा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था रहेकोमा त्यसलाई संसोधन गर्ने निर्णय शिक्षामन्त्री श्रेष्ठले गरेकी हुन् ।
सुमना श्रेष्ठले संसद तथा संसदीय समितिका बिभिन्न बैठकमा कुलपतिको व्यवस्थाबारे आलोचना गर्दै आएकी थिइन् । र बुधबार साँझ सपथ ग्रहणपछि शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेकी हुन् ।