काठमाडाैँ । सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल सुरु गरेका छन् । आइतबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्।
बैठकमा समितिको काम कारबाही र गतिविधिबारे छलफल हुने बताइएको छ । त्यस्तै समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरिरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
शनिबार सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल आह्वान गरेका थिए ।