काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको अवरोधकै बिच विश्वासको मत मागेका छन् । कांग्रेस सहित विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटपछि पुन सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने वक्तब्यका लागि समय दिएका थिए । साथै उनले प्रधानमन्त्रीलाई रोष्टममा पुग्न सहजीकरण गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले रोस्टममा पुगेर बिश्वासको मतको प्रस्ताव पेश गरेका हुन् ।
पुस १२, २०८१ शुक्रबार |