चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको छ । नेपालले करातेमा रतक पदक जितेको हो । नेपालका लागि एरिका गुरुङले पदक जिताएकी हुन् ।
उनीे सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै फाइनल प्रवेश गरेकी थिइन् । तर फाइनलमा भने काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएकी थिइन् ।
आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।
एसियाडको इतिहासमा नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि जारी एसियाडमा कबड्डीमा कास्य पदक जितेको छ ।