काठमाडाैँ । कान्तिपुर दैनिकमा रास्वपाका सभापति रवि लामिछानेले ग्यालेग्सी टेलिभिजनको शेयर फिर्ता गर्दा ग्लोबल आइएमई बैंकको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरेको भन्ने समाचार गलत भएको बैंकले जनाएको छ ।
समाचार प्रकाशन भएपछि लामिछानेले बैंकमा आफ्नो खातामा जम्मा भएको रकमको भौचर र स्टेटमेन्टबारे जानकारी मागेका थिए। जवाफमा बैंकले रकम जम्माका लागि चेक डिपोजिट भएको तर चेकमा प्रयाप्त रकम नभएकाले चेक फिर्ता भएको पत्र दिएको साेमबार पत्रकार सम्मेलन गरेर लामिछानेले सार्वजनिक गरे।
बैक खातामा पैसा नभएकाेबारे कान्तिपुरलाई जानकारी गराउँदा गराउँदै पनि नसुनिएकाे पत्रकार सम्मेलनमा लामिछानेले बताएका थिए । माघ ८ गते लामिछानेलाई दिएको ग्लोबल आइएमई बैंकको चलानी न ३६१ को पत्रमा यस्ताे लेखिएको छ;
उल्लेखित १७/०६/२०२२ मा त्यहाँको यस बैकमा संचालनमा रहेको खाता न ००३०७०१००...१३ मा रु १८०००००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसिसि मार्फत चेक क्लियरिङ मा पठाउँदा इन्सफिसेन्ट ब्यालेन्स अपर्याप्त ब्यालेन्स को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गराउँदछाै ।
पत्रमा लामिछानेले विवरण माग गरेको दिन गल्ती भएकाे भन्दै खुलाउन उल्लेख गरेपछि मिति उल्लेख गर्ने कुरामा मानविय त्रुटिले अन्यथा हुन गएकाले रेर्कडमा सच्याइएको बैकका अधिकारीले जनाएका छन् ।
यस्तो छ पत्र ः