जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिएका छन् । उनलाई सत्ता गठबन्धन दलका सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
आइतबार प्रदेशसभामा उपस्थित १०४ मध्ये उनकाे पक्षमा ६९ मत खसेका छन् भने विपक्षमा ३५ मत परेको छ । यादवलाई नेकपा एमाले र जनमतले विश्वासकाे मत दिएन ।