काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले अाेमानमा जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।
२१ बलमा ३ चौक र ७ छक्का हानेका दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् ।
नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बल मा ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन सहित एेतिहासिक ब्याटिङ गरे भने आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।