उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।
पूर्व मन्त्री थापाले पूर्व तथा बर्तमान प्रहरीका हाकिम, सेना, उच्चपदस्थ कर्मचारी, अख्तियार प्रमुख, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गरी भष्ट्राचार गरेको घेटिएका जफत गरी कठोर सजाय दिनुपर्ने बताएका हुन् ।
उदयपुरको कटारी बजारमा शुक्रबार आयोजित प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको अवस्था प्रति जनतामा निराश पैदा हुनमा ब्याप्त भ्रष्टाचार नै प्रमुख कारण देखिएको थापाको भनाई छ । भ्रष्टाचार निर्मुल गर्नको लागि विगत ३४ वर्ष यता लाभको पदमा बसिसकेको र बसिरहेकाहरुको सम्पत्ति छानबिन हुनु पर्नेमा उनले जोड दिउ । ‘मैले यो विषयमा पार्टी सभापतिलाई भनि सकेको छु र संसदमा समेत संकल्प प्रस्ताब लाने तयारी गरेको छु ।’ थापाले मुलुकको समृद्धिको लागि रोजगार सृजना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्नेमा पनि जोड दिउका छन् ।
अब हाम्रो प्रधानमन्त्री ,मुख्यमन्त्रीले भाषण कम गरी काम बढी गर्नु पर्ने बेला आएको उनले बताए । कांग्रेसले एउटा, दुईटा चुनाब हार्दैमा केही फरक नपर्ने भन्दै अर्को चुनावमा कांग्रेस कार्यकर्ताले रुख चुनाव चिन्हमा बाहेक अन्त भोट हाल्नु नपर्ने उनले दावी गरे । त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कोईरालाले कोशी प्रदेशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको ब्याबस्था मिलाईएको बताए ।उनले अब प्रदेश सरकारले भौतिक विकास भन्दा मानविय विकासमा जोड दिने बताए । कटारीमा रहेको अस्पताललाई स्तर उन्नति गर्दै प्रदेश मातहत लगिने समेत कार्कीले बताए।