झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

सिधाकुरा

काठमाडौँ । झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।  देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माण भएको हो । 

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै दुई सय २० र एक सय ३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ । 

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ । 

आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।  

कार्यकारी निर्देशक घिसिङले भने, “नेपालका मध्य क्षेत्रका नदी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्नेछ ।” 

हेटौँडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको दुई सय २०, एक सय ३२ र ११ केभी हेटाँैडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । सो सबस्टेसनको अनुमानित लागत रु तीन अर्ब रहेको छ । 

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....

  • ‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SIDHAKURA ||
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....

Current Affairs

सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री....

  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||
  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक LIVE
  • गाउँमा लााास उठाउने कोही भएनन्अनि मनमायाले काँध थापिन् || SIDHAKURA ||
  • २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने ||....
  • BIG SCAM श्री केश तेल EXPOSE: झुटाे लालच देखाएर लाखाैँ उपभाेक्ताबाट कराेडाैँ....
  • बालेनले गरे नगर प्रहरीको प्रशंसा || SIDHAKURA ||
  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....