काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्ले जितेको छ। त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि चुमेको हाे ।
सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्दै जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्ले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको हो। जनकपुरले १९.२ ओभरमा ५ वीकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
जनकपुरलाई उपाधी विजेता बनाउन मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का हान्दै ८७ रनको योगदान गरे । मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेपछि पहिलो विकेट लिए । यस्तै, आसिफले सातौं ओभरको अन्तिम बलमा १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।
हर्शक थाकरले अविजित ३० रन जोडे भने थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए भने जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । मयन यादव २ रनमा अविजित रहे।