विद्यार्थी भर्ना गर्न वीरगञ्जका सामुदायिक विद्यालयहरुको घरदैलो

सिधाकुरा

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् । 

महानगरअन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

सामुदायिक मात्रै होइन, निजी विद्यालयले पनि भर्ना अभियानलाई उत्तिकै प्रथामिकताका साथ अघि बढाएका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताए।

“यही वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय वरपर रहेका बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ”, उनले भने, “विहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।”

उनका अनुसार गत शैक्षिक सत्र विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रका अन्य विद्यालयले पनि भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान सुरु गरेको छ । 

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताए । “महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ”,  उनले भने, “शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।” यो भर्ना अभियान वैशाख १५ गतेसम्म चल्ने उनको भनाइ छ । 

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ । 

गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।

महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताए । “महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो”, उनले भने, “महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।” केही बालबालिकाहरु सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उनको भनाइ छ । “उनीहरुलाई विहान १० देखि ४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ”, उनले भने ।

महानगरका अनुसार विशेष गरी डोम, मुसरलगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (सिएलसी)मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताए । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उनको भनाइ छ ।

महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा तीन हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ ।


प्रतिक्रिया

The Secrets of Gold Mafia

राजनीतिदेखि तस्करीसम्म माहिर महरा Mahara's expertise : Politics to Smuggling || SIDHAKURA....

  • राजनीतिदेखि तस्करीसम्म माहिर महरा Mahara's expertise : Politics to Smuggling || SIDHAKURA....
  • GOLD तस्कर विरुद्ध रविको BOLD निर्णय || The Secrets of Gold Mafia....
  • यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी || The Secrets Of Gold Mafia....
  • सुन प्रकरणमा सीआईबीले भगाएका पत्रकार माफिया जसले अमेरिका ‘हुण्डी’ गर्थे -TheSecretsOfGoldMafia-EP 12
  • भिमकान्तको चारथरी बयान, सीआईबीको झारा टार्ने अनुसन्धान-The Secrets Of Gold Mafia EP....
  • दावासँग ७० सवाल–जवाफ: वर्षमान, भिमकान्त र धिरजसँगको सम्बन्ध स्वीकार-The Secrets Of Gold....
  • सुन पठाउने, पगाल्ने, बेच्ने र किन्नेहरुको नालिबेली -The Secrets Of Gold Mafia....
  • विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! -The Secrets Of Gold....
  • वर्षमानका भाई-बहिनिको तस्करीको सुन पगाल्ने कम्पनी -The Secrets Of Gold Mafia EP....
  • सुन तस्कर दावा संग पूर्व IGP धिरजप्रतापको कनेक्सन- The Secrets Of Gold....
  • तस्करीको सुन बोक्ने 3 गाडी, 1500 GPS ! The Secrets Of Gold....
  • सुन तस्करीमा शंकास्पद भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण ! The....
  • सुन प्रकरण: दावासँग अध्यागमनका DG काे डिल The Secrets Of Gold Mafia....
  • सुन तस्करीमा ‘बिध ल्याब’का भिमकान्त, ‘हुण्डी’देखि ‘यौनकर्मी’ सप्लाईसम्म | The Secrets Of....
  • सुन प्रकरणका माफियाहरु को हुन् ? The Secrets Of Gold Mafia -....
  • सुन तस्करीमा महरा ग्याङ्ग ! II सीआईबीको प्रतिवेदनमा के छ ? II....

The Reporter

नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....

  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....
  • Ground Zero यस्तो कर्णाली पुलको अवस्था || SIDHAKURA || The Reporter ||
  • फुटपाथ व्यवसायी नेताको काठमाडौँमा करोडौँको घर || The Reporter || SIDHAKURA ||
  • सहकारीकाे कारण राेडमा झरेका कराेडपति कृषक || SIDHAKURA ||
  • दुबईको जेलबाट छोरा निकाल्न आमाकाे गुहार || SIDHAKURA ||
  • सबथोक गुमाएका बेसहारा दिदिबहिनी..., जसको केही छैन, कोही छैन || SIDHAKURA ||

Current Affairs

महोत्तरीमा भीषण आ**गलागी- दुई सय बढी....

  • महोत्तरीमा भीषण आ**गलागी- दुई सय बढी घर जले || SIDHAKURA ||
  • हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले....
  • कांग्रेसलाई रविको चेतावनी: २/४ वटा फाइल खोल्न दिनुस् अनि दिन्छु राजीनामा ||....
  • स्वदेश फर्किए कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी ||....
  • कतारी राजाको नेपालमा भव्य स्वागत, सेनाद्वारा 'गार्ड अफ अनर' अर्पण || SIDHAKURA....
  • पहिलेको जस्तो हौसीएर कम्युनिष्ट एकता भन्ने पक्षमा हामी छैनौं: Pushpa Kamal Dahal....
  • मदन भण्डारीको अनुसन्धान गर्न कांग्रेसले रोकेको छ ?: Sher Bahadur Deuwa ||....
  • कम्युनिष्टहरु फेरी मर्जरमा जाने प्रचण्डको संकेत: PM Prachanda || SIDHAKURA ||
  • प्रचण्ड ओली रविको सिंहदरबारमा भेटवार्ता, के के भयो कुराकानी ? || SIDHAKURA....
  • ढुंगा हानेर आएका नेताहरुले व्यवस्था परिवर्तन गरे, अब हामी अवस्था परिवर्तन गर्छौं....
  • बामदेवले छोडेका कालीबहादुरलाई रबिले समाए, बल्ल न्यायको आशा पलायोः रामहरि परिवार ||....
  • डाँको छोडेर रुँदै रामहरि श्रेष्ठ पत्नी भन्छिन्, ‘न्यायको आश पलायो तर असुरक्षित....
  • टेलिभिजनमा हामीलाई देखेर यो देशमा केहि छैन भन्ने अवस्था आएको छ: गगन....
  • शिक्षामा व्यापक सुधार गर्नुपर्नेछ, सुरुवात T.U बाट गरिसक्यौं: PM Prachanda || SIDHAKURA....
  • सुरुङ्ग भित्र भ्रमण || SIDHAKURA ||
  • शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्छु : शिक्षामन्त्री सुमना श्रेष्ठ ||....
  • यस्तो बन्दै छ नागढुंगाको सुरुङमार्ग, अब ३ मिनेटमै काठमाडौँ - नौबिसे सरर.......
  • Private video
  • हेल्मेट नलगाई ट्राफिकसँग भाग्नुहोला, यमराजसँग भाग्न सक्नुहुन्न: Rabi Lamichhane || SIDHAKURA ||
  • संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक LIVE
  • मिठाई बाँडेर गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरुवात || SIDHAKURA ||
  • ठमेल अब कहिल्यै बन्द नहुने, यसरी हुनेछ सञ्चालन || SIDHAKURA ||
  • ढुक्क हुनुस म गृहमन्त्री हुन्जेल तपाईँको व्यवसाय सुरक्षित छ: Rabi Lamichhane ||....
  • हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धान गर्नुपर्छ : गृहमन्त्री लामिछाने || SIDHAKURA ||
  • हाम्रो र कांग्रेसको कुरो मिल्यो, अब कांग्रेसले संसद अवरोध गर्न छाड्नुपर्यो ||....