काठमाडौँ । तनहुँमा भएको भारतीय पर्यटक बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको पुष्टि गरे ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार दुर्घटनामा घटनास्थलमै १४ जनाको र उद्धार गरिएका थप १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृतकहरूको पहिचान भने खुलिसकेको छैन् ।
‘बसमा सवार सबै यात्रुहरूको सशरीर पत्ता लागेको छ,’ सहायक प्रजिअ भण्डारीले सिधाकुरासँग भने,‘ ति मध्ये २७ जना मृत्यु भएको छ,’ उनले थपे,‘ गम्भिर अवस्थाका घाइते १६ जनालाई दुई खेप गरेर हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ ।’ घटनास्थलमा २६ जनाकाे र भरतपुर उपचारका लागि पठाइएका एक यात्रुकाे बाटाेमै मृत्यु भएपछि शव तनहुँ नै फर्काइएकाे भण्डारीले जानकारी दिए ।
शुक्रबार बिहान ११ बजेर १५ मिनेट जाँदा आँबुखैरनी स्थित ऐनापहरा भन्ने स्थानबाट भारतको उत्तर प्रदेशबाट तीर्थयात्राका लागि आएको बस यूपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी नदीमा खसेको थियो ।