काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग तीन सहयोगको अपेक्षा राखेका छन् ।
२९ औं महानगर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्रीसामु आफ्ना तीन अपेक्षा रहेको बताएका छन् । उनले काठमाडौँको तीनकुनेको मुआब्जाको समस्या समाधान गर्न, खोला अतिक्रमणको समस्या समाधान गर्न र फोहोरको दिगो व्यवस्थापन गर्न महानगर केन्द्रीय सरकारको सहयोगको अपेक्षा गर्ने बताएका छन् ।
त्यस्तै समारोहमा उनले काठमाडौँ महानगरपालिकाको विकास सम्पूर्ण जनसमूदायले अनुभुति गरिरहेका कारण आफूले बताउनै नपर्ने बताएका छन् भने माथिका ३ समस्या समाधान गर्न केन्द्रीय सरकारले सहयोग गरे यी समस्या चाँडै समाधान गर्न सकिने बताएका छन् ।
त्यस्तै उनले ३२ वडाकै छुट्टाछुट्टै सांस्कृतिक प्रस्तुति देख्न पाउँदा खुसी व्यक्त गरेका छन् । त्यस्तै यो एकताले महानगर सबैको हातेमालोबाट चलेको भन्ने सन्देश दिएको उनले बताएका छन् ।