काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारहरू फेर्न लागेपछि सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । आज बिहान बोलाइएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ समझदारीको विषयमा छलफल गराउन खोजेका थिए ।
जारी गठबन्धन विघटन हुने संकेत पाएपछि गठबन्धनका नेताहरू बैठकमा उपस्थित नभएको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठक नबसेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भने बालुवाटार पुगेका छन् ।