जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितका लागि राहत सामाग्री बोकेर २ चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
चीनले दोस्रो चरणको राहतका लागि राहत सामाग्री बोकेर २ कार्गो विमान नेपाल पठाएको हो ।
यसअघि चीनले पहिलो चरणमा सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट ट्रकमार्फत नेपाललाई राहत सामाग्री पठाएको हो ।
चीनले भूकम्प पीडितहरुका लागि पहिलो चरणमा १० करोड रुपैँया बराबरको राहत सामग्री घोषणा गरेको थियो । त्यसपछि मंगलबार पुनः थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।